पोखराका होटलमा सिसी क्यामेरा अनिवार्य जडान गर्नुपर्ने

पाेखरा | मंसिर २७, २०८०

पोखराका होटलमा सिसी क्यामेरा अनिवार्य जडान गर्नुपर्ने सांकेतिक तस्वीर

पोखरा:   पोखराका होटलहरुमा अनिवार्य रुपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ ।

 

वडा प्रहरी कार्यालय बैदाम, पृथ्वी होटल व्यवसाय समितिको  लगायतको उपस्थितिमा भएको बैठकले पोखराका होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने निर्णय गरेको हो । 


वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवम् डिएसपी राजेन्द्र श्रेष्ठले पोखराको होटल क्षेत्रको सुरक्षा र होटलमा हुन सक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्य रुपमा सिसी क्यामेरा जडान गर्ने लगायतका विषयमा निर्णय भएको बताए । 


उनले होटल व्यवसायीसँगको छलफलमा होटलको कम्पाण्डर र काउन्टर (भित्रिने र बाहिरिने बाटो) स्पष्ट देखिने गरी सिसी क्यामेरा जडानसँगै होटल संचालकहरुले आफ्नो होटलमा आउने ग्राहकहरुको अभिलेख कम्प्युटरमा राख्ने व्यवस्ता मिलाउन समेत आग्रह गरेको बताए । 


यस्तै होटलमा आउने ग्राहकको परिचय खुल्ने कागजपत्र राख्ने, होटल आउँदा र जाँदाको समयसहित विवरण राख्ने, होटलमा बालबालिहरुलाई कामदारको रुपमा काममा नलगाउने, र कर्मचारीहरुको तिनपुस्ते विवरणसहित अभिलेख राख्न समेत निर्देशन दिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 


केही दिन अगाडी पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएको सुकु विकको मृत्युपछि अनुसन्धानको क्रममा होटलमा सुरक्षाको विधि अपनाएको नदेखेपछि प्रहरीले व्यवसायीसँग छलफल गरेर होटलमा सिसी क्यामेरा जडान गर्न निर्देशन दिएको हो । 

              
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्